स्थानियद्धारा नेपाल टेलिकमको सेवा बिस्तारको लागी माग

पुष्प राज जोशी /दार्चुला -दार्चुलाको शैल्यशीखर नगरपालीका ५ का स्थानियद्धारा नेपाल टेलिकमको सेवा बिस्तारको लागी माग गरिएको छ ।

बिहीबार मीनसिह रावलको नेतृत्वमा करिब ४० जना स्थानीयहरुको सयुक्त हस्ताक्षर र वडा कार्यलयको सिफारीस सहित प्रभावकारी रुपमा सेवा दिनु पर्ने माग सहीत नेपाल दुरसन्चार निर्देशनालय कैलाली लाइ नेपाल टेलीकम दार्चुलाद्धारा माग राखेका हुन ।

जिल्लाको दुर्गम मानिएको शैल्यशिखर नगरपालिका लगायत जिल्ला का अन्य ठाउमा पनि नेपाल टेलिकमको समस्या रहेको छ । शैल्यशिखर नगरपालिका वडा नं ५ बरमुठे ढुडेकिङमा बढी समस्या हुने गरेको स्थानीय मीन साउदले जानकारी दिनुभयो । उनले भने“फोन गर्नेकै लागी डाँडा चढ्नपर्ने अवस्था छ ।”सामान्य ईन्टरनेटको कामको लागि घण्टौ हिँडेर गाृेकुलेश्वेर बजार, तथा सदरमुकाम धाउन बाध्य भएका छन् । उनले भने“ईन्टरनेटको सामान्य कामको लागी हजार बढी खर्च गर्नुपर्दछ” यो समस्या सबैभन्दा बढी यहाका नागरिकलाई भएको कारणले माग गरेको लिपुलेक सहकर्मी राजेन्द्र साउदले खबर पठाएको छ ।

यो क्षेत्रमा खासै नेपाल टेलीकमको नेटबर्क नआउने भएपछि स्थानियहरुले एनसेलको सेवा प्रयोग गरिरहेका छन् । यो संगै जिल्लाको लेकम क्षेत्रका सबै नागरिकहरु नेपाल टेलिकमको पहुँच बाहिर रहेका छन् । जिल्लाको लेकम क्षेत्रमा नमस्ते मोबाईलले समेत राम्रोसंग काम नगर्दा सञ्चारबिहीन हुन बाध्य भएको लेकम ३ का जगत ऐरी ले बतानुभयो ।

Leave A Reply

Your email address will not be published.