Naya Sadar
Badar

लोकप्रिय गायक मनोज धामीको ‘सहिद’ गीत सार्वजनिक अडियो सहित

Sadar Sano

दार्चुला  – लोकप्रिय लोक तथा देउडा गायक मनोज धामीको नयाँ गीती एल्बम ‘सहिद’ गीत सार्वजनिक भएको छ ।चर्चित गायक मनोज सिँह धामी र पूर्णकला बीसीको स्वरमा रहेको उक्त गीत सार्वजनिक भएको हो।

प्रशिद्ध सम्पादक बिनोद बाजुरालीले एरेन्ज गरेको उक्त गीतमा शब्द संगीत भने गायक धामीको रहेको छ । । मालाश्री स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतले राजेन्द्र बाजुरेलीले रेकर्ड गरेका थिए भने खडक बाजुरेलीले मिक्सिङ गरेका छन्। आफु सहिद भएको पात्रको रुपमा खुलेर गीतलाई सृजना गरिएको छ ।

व्यक्ति जन्मेर मर्ने क्रम जारी रहन्छ तर देशका निम्ति मरेपनि आत्माले शान्ति नपाएको र सपना साकार नभएको आशय गीतले ब्यक्त गर्दछ । साथै देशका निम्ति मरेपनि स्वर्गबाट देश बनेको हेर्न मन रहेको गीतमा उल्लेख गरिएको छ ।

देशका निम्ति आफ्नो जीवन संगिनीको सिँउदो खाली गरेको र लालाबाला बालबच्चा छोडेपनि देशले अझै कुशल नेतृत्व नपाएको र देशको प्रगति नभएकोले अझै आत्माले शान्ति नपाएको भनि ह्यदयस्पर्शी शब्द समावेश गरिएका छन् ।

Naya Mat patra

एक पछि अर्को उत्कृष्ट गीत लेख्दै र गाउदै्र आएका गायक धामीको योभन्दा अगाडी हाम्रै हो कालापानी हाम्रै हो लिपुलेक, बोलको गीत निकै चर्चामा रह्यो । निक्कै मार्मिक, देशभक्ति नागरिकका शब्दहरु समावेश गरिएको उक्त गीत दर्शकहरुले नि रुचाउने गायक धामीले विश्वास गरेका छन् ।

Open photo

लिम्पियाधुरा, लिपुलेक, कालापानी जस्ता सिमानाहरु मिचिदा समेत राष्ट्रप्रेमी साथीहरु के हेरेर बसेको भनि स्वर्गबाट शब्द पोखेको आशय गीतमा व्यक्त गरिएको छ । बिगत लामो समयदेखि गीत लेखनमा सकृय धामीले थुपै्र गीत बजारमा आईसकेका छन ।

मनोज धामी युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ । उक्त गीतको भीडियो भने सार्वजनिक हुन बाँकि रहेको छ । दर्शक श्रोताहरुमाझ गीत पुर्याउनको लागि अहिले अडियोको रुपमा गीत सार्वजनिक गरेको गायक धामीले बताएका छन् ।गायक धामी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका, खोल्सीमा जन्मिएका  हुन ।
गीत यस्तो छ

 

 

 

Leave A Reply

Your email address will not be published.