सुदूरपश्चिममा एमालेबाट विजयी कुन स्थानीय तहका जनप्रतिनिधि कता (सूचीसहित)

दार्चुला । नेकपा एमाले भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) रोज्न स्थानीय तहका जनप्रतिनिधिलाई दिएको समय मंगलबार सकिएको छ।

एमालेबाट विजयी भएका झण्डै ३० प्रतिशत जनप्रतिनिधिले पार्टी छाड्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ४१ स्थानीय तहमा एमालेका प्रमुख विजयी भएका थिए।

५ जना प्रमुखले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। यस्तै ८८ स्थानीय तहमध्ये ४३ स्थानीय तहमा एमालेका उपप्रमुख विजयी भएका थिए। उनीहरुमध्ये सात जना उपप्रमुखले एकीकृत समाजवादी रोजेका छन्।

Leave A Reply

Your email address will not be published.