बैतडीमा बाटोबाट लडेर एक जनाको मृत्यु

बैतडी – बैतडीमा बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित नवनिर्मित स्वास्थ्य भवनमा काम गर्ने नुवाकोटका ४१ वर्षीय नारायण मगरको बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दर्शन खड्काले बताए ।

स्थानीय सित्तड बजारबाट स्वास्थ्य भवनतर्फ जाने क्रममा बाटोबाट करिब २०० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Leave A Reply

Your email address will not be published.