प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

दार्चुला । सभामुख अग्निप्रसाद सापकोटाले संविधान, कानुनको बर्खिलाप आफूले कुनै काम नगरेको प्रस्ट पारेका छन् । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठक आरम्भ भएलगत्तै नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख सापकोटाले आफू संविधान, ऐन, कानुनअनुसार अघि बढ्न प्रतिवद्ध रहेको बताउनुभयो।

उहाँ एमाले सांसदहरुलाई भन्नुभयो, ‘मैले संविधान, नियम कानुनको बर्खिलाप केही गरेको छैन, त्यसकारण सदन संचालन गर्न दिनुस् ।’ यद्यपि, एमालेका सांसदहरुले ‘संसदको मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर,’ लगायतका नारा लगाएका छन् ।
यसअघि बुधबार नै बसेको पहिलो बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध तुल्याएका थिए । पहिलो बैठक अवरुद्ध भएपछि १५ मिनेटका लागि बैठक अवरुद्ध गरेका सभामुख सापकोटाले यस बीचमा एमालेका प्रमुख सचेतक तथा सचेतकसँग छलफलसमेत गरेका थिए ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.