सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्टोर रुममा आगलागी, ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट

धनगढी – सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्टोर रुममा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित प्रयोगशालाको स्टोर रुममा विजुलीको तार सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो।

२ थान फ्रिज, १ थान कुलर, १ थान तौल गर्ने मेसिन, औषधि लगायत विभिन्न –सामानहरू जलेर नष्ट भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले प्रयोगशालाका कर्मचारीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताइएको छ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.