भीम रावलको गृहजिल्लामा ओली पक्षका बोहरा विजयी

अछाम – नेकपा एमाले अछामको अध्यक्षमा चन्द्रबहादुर बोहरा विजयी भएका छन्। ४३१ मत ल्याएर केपी शर्मा ओली पक्षका बोहरा अध्यक्षमा वियजी भएका हुन्। अध्यक्षका प्रतिद्वन्दी भीम रावल पक्षका उम्मेद्वार प्रकाशबहादुर शाहलाई एकसय २५ मतले पछि पार्दै बोहरा अध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार जम्मा ७५० मत खसेको थियो। जसमा शाहले ३०७ मत ल्याएका थिए। बोहराले ओली र शाहले रावल पक्षमा प्यानल नै बनाएर चुनावी मैदानमा सहभागी भएका थिए। यस्तै उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवरले तीन सय ६ मत ल्याएर विजयी भएका छन्। बोहरा पक्षका उपाध्यक्ष पदमा भीमबहादुर विष्टले ३ सय १३ मत ल्याएर पराजित भएका छन्। सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल कालोटोपी चार सय ५३ मतले विजयी भएका छन्। सचिव पदका अर्का उम्मेद्वार आदर्श साउँदले दुई सय ५ मत ल्याएर पराजित भएका छन्।

दुई उपसचिवको पदमा सात जनाको उम्मेद्वारी परेकोमा डम्बर बिसी र प्रेम महर विजयी भएका छन्। बोहरा पक्षका बिसीले दुईसय ६० मत शाह पक्षका महरले दुईसय ५२ मत पाएर विजयी भए। उपसचिवमा टोपबहादुर शाही दुईसय ४४, प्रेम खत्री दुई २१, लिलाराज केसी एकसय ३९, शेरबहादुर बुढा ७२ र नवराज साउँदले ६२ मत प्राप्त गरेर पराजित भएका छन्। निर्वाचनमा विजयी हुने पदाधिकारी मध्येमा संघीय निर्वाचन क्षेत्र १ मा एक उपसचिव बाहेक सबै क्षेत्र नं २ का रहेका छन्। सर्वसम्मतिको प्रयास गर्दा सहमति नभएपछि निर्वाचन प्रक्रियाबाट जिल्ला नेतृत्व चयन गरिएको हो। अछाममा सातसय ६२ मतदाता रहेकोमा सातसय ५० जनाले मतदान गरेका थिए।

यस्तै भूगोल, महिला, दलित, जनजाति, अल्पसंख्यक र अपांगको मतगणना आज रातिबाटै हुने बताइएको छ।

Leave A Reply

Your email address will not be published.