Naya Sadar
Badar

बैतडीमा स्वास्थ्यकेन्द्रका सेवा ११ दिनपछि पुनः सञ्चालनमा

Sadar Sano

बैतडी – स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमण भएपछि बन्द रहेका बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा आजदेखि पुनः सञ्चालनमा आएका छन् ।

Naya Mat patra

स्वास्थ्य केन्द्रले चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि माघ ९ गतेदेखि अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको थियो । सङ्क्रमित सबै स्वास्थ्यकर्मी सङ्क्रमणमुक्त भएर काममा फर्किएपछि सेवा पुनः सञ्चालनमा आएको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताउनुभयो । जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका सेवा बन्द हुँदा स्थानीयवासीलाई असहज भएको थियो ।

सेवा सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको छ । कोरोना भाइरस सङ्क्रमण तीव्रगतिमा फैलिन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ । बैतडीमा अधिकांश सङ्क्रमित होम आइसोलेशनमा बसिरहेकाले समुदायमै कोरोना फैलिसकेको छ । तर स्थानीय तहले कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रयास नगरेको गुनासो आउन थालेको छ ।

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोरोना सङ्क्रमणकै कारण १९ जनाको मृत्यु भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.