सिन्धुपाल्चाेकको चिम्लिङमा खुकुरी प्रहार गरी दुई जनाको हत्या

दार्चुला –सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ ।
हिजो बेलुका चिम्लिङका विजय तामाङले जाँडरक्सी खाएर स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हत्याका आरोपी विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।उहाँले घटनाको थप अनुसन्धान भइरहेको बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.