देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने, बुधवार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पर्ने अनुमान

दार्चुला – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने अनुमान गरिएको छ ।
अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसो घाम लाग्ने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।
आज र भोलि मौसम सामान्यतया सफा नै रहे पनि पर्सिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ ।
उहाँकाअनुसार पर्सि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।बिहीवार भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा समेत पर्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.