बँदेलको आक्रमणबाट बाजुरामा एक जनाको ज्यान गयो

दार्चुला । बँदेलको आक्रमणबाट बाजुरामा एक जनाको ज्यान गएको छ । जिल्लाको बुढीनन्दा नगपालिका –३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टको ज्यान गएको हो ।

हिजो दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।

घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजाने क्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.