सेती अस्पतालमा नमुना परीक्षण गर्दा थप २५ जनामा कोरोना पुष्टि

दार्चुला । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बुधबार २५ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ६८ नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

मध्ये १ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै पछिल्लो २४ घण्टामा एक संक्रमितको मृत्यु भएको छ।

यस्तै २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। हाल अस्पतालमा १६ जना संक्रमित विरामीको उपचार भइरहेको छ।

Leave A Reply

Your email address will not be published.