बैतडीमा चितुवा मृत अवस्थामा फेला

दार्चुला –बैतडीमा सोमवार चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका –५, गिरेगाडामा करीब पाँच फिट एक इन्चको चितुवा मृत फेला परेको हो ।

हिजो मृत अवस्थामा भेटिएको चितुवालाई मङ्गलबार आज बैतडी सदरमुकाम ल्याएर खाल्डोमा गाडिएको छ ।मृत अवस्थामा चितुवालाइ फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृत चितुवा डिभिजन वन कार्यालय बैतडीलाई बुझाएर खाल्डोमा गाडिएको छ । चितुवाको खुट्टा र पछाडिको भाग केही जङ्गली जनावरले खाएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बैतडीका डिभिजन अधिकृत भिम प्रशाद कँडेलले बतानुभयो ।

बैतडीमा पटक पटक चितुवा मृत फेला पर्ने गरेको वन कार्यालयको भनाई छ । आफै मर्यो कि कसैले मार्यो भन्ने कुरा नखुलेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.