Naya Sadar
Badar

बाढीका कारण ब्राजिलमा कम्तीमा ३८ जनाको ज्यान गयो

Sadar Sano

दार्चुला । ब्राजिलको पेट्रोपोलिस सहरमा आएको बाढीका कारण कम्तीमा ३८ जनाको ज्यान गएको छ । हजारौँ नागरिक प्रभावित भएका छन् ।

Naya Mat patra

बाढी तथा डुबानका कारण झण्डै ८० घर क्षति भएका र तीन सय जनालाई विद्यालयमा आश्रय दिइ सुरक्षित राखिएको पेट्रेपोलिस नगरप्रमुखको कार्यालयलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ । विज्ञहरुले जलवायु परिवर्तनको प्रभावले भारी वर्षा भएको बताएका छन् ।

तातो वायुमण्डलमा बढी पानी हुने भएकोले विश्वव्यापी उष्णताले अत्यधिक वर्षा हुने गरेको र यसबाट आउने बाढीले जोखिम बढाएको विज्ञको भनाइ छ । यसै महिनाको सुरुमा मुसलधारे वर्षाका कारण बाढी र पहिरोमा परि दक्षिणपूर्वी ब्राजिलमा २८ जनाको ज्यान गएको थियो ।

Leave A Reply

Your email address will not be published.