दार्चुला । सांस्कृतिक कार्यक्रमका लागि भिजिट भिसामा दुबई जान लागेका ३५ जना कलाकारलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले रोकिदिएको छ ।
प्रियसी म्युजिक प्रालिबाट टुरिष्ट भिसामा दुबई जान लागेका उनीहरुको यात्रा अध्यागमन कर्मचारीले शंका लागेको भन्दै रोकेका हुन् ।
उनीहरु फ्लाई दुबइको उडानबाट शुक्रबार दिउँसो दुबई जान विमानस्थल पुगेका थिए । अध्यागमन कर्मचारीले दुबईस्थित नेपाली दूतावासको नो अब्जेक्सन लेटर र गृहमन्त्रालयले तोकेको कागजपत्र नभएपछि रोकेको दाबी गरेका छन् ।