दार्चुला । नदीमा नुहाउने क्रममा एक जना युवक बगेर बेपत्ता भएका छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन भुत्याल हिजो दिउँसोदेखि सेती नदीमा बगेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनु भयो ।
हिजैदेखि इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको नौ जना प्रहरीको टोलीले उहाँको खोजी कार्य गरिरहेको छ । नदीको पानी धमिलो भएका कारण खोजी गर्न समस्या भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ।