Naya Sadar
Badar

आफ्ना नागरिकलाई युक्रेन छोड्न भारतको आग्रह

Sadar Sano

दार्चुला । रुस र युक्रेनबीच तनाव बढ्दै गएपछि भारतले त्यहाँ रहेका आफ्ना नागरिकका युक्रेन छोड्न आग्रह गरेको छ ।

Naya Mat patra

युक्रेनमा असुरक्षा बढेको भन्दै भारतले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेको हो । युक्रेनमा बस्नै पर्ने बाध्यता नभएकाहरुलाई त्यहाँबाट फर्किन भारतको आग्रह छ । युक्रेनमा झण्डै २० हजार भारतीय नागरिक रहेका अनुमान छ । यसमध्ये सबैभन्दा धेरै विद्यार्थीहरु रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, रुस र बेलारुसले युक्रेनको सीमा क्षेत्रमा साझा सैन्य अभ्यासको अवधि बढाउने घोषणा गरेका छन् । यसले रुस पछि हट्ने सङ्केत नदेखिएको विश्लेषण गरिएको छ । युक्रेनको विषयलाई लिएर अमेरिकालगायत पश्चिमा देशहरुसँग रुसको टकराव बढ्दै गएको छ।

उनीहरुले रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको आरोप लगाउँदै आएका छन् भने रुसले यो आरोपको खण्डन गर्दै आएको छ । यसैबीच, पश्चिमी देशले युक्रेनमाथि हातहतियारसहित सहायता सामग्री पठाउन थालेको छ।

Leave A Reply

Your email address will not be published.