दिपक साउद / दार्चुला – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दार्चुलाले प्रारम्भिक कमिटि गठन कार्य गरिरहेको छ ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि दार्चुलाले जिल्लाभरी रहेका माध्यमिक विद्यालय र क्याम्पस स्तरिय कमिटि गठन गरिरहेको अनेरास्ववियु जिल्ला कमिटि सचिवालय सदस्य सन्तोषसिह ठगुन्नाले जानकारी दिनुभयो।
व्यास गाउँपालिका, नौगाड गाउँपालिका र अपिहिमाल गाँउपालिकाका माध्यमिक विद्यालयमा कमिटि गठन गरेको छ । नौगाड गाउँपालिका वडानम्बर २ मा रहेको केदारेश्वरी माध्यमिक विद्यालय सुण्डमुण्ड र वडानम्बर ३ मा रहेको लटिनाथ माध्यमिक विद्यालय खारमा प्रारम्भिक कमिटि गठन गरेको हो ।
केदारेश्वरी माध्यमिक विद्यालय सुण्डमुण्डमा विक्रमसिह धामी अध्यक्ष रहने गरि ५१ सदस्यीय कमिटि गठन गरेको अनेरास्ववियु दार्चुलाका अध्यक्ष आनसिह बडालले जानकारी दिनुभयो। यस्तै लटिनाथ माध्यमिक विद्यालय खारमा सुरज ठगुन्ना अध्यक्ष रहने गरि ४१ सदस्यीय कमिटि गठन गरेको छ ।
सम्पाल मावि सुन्सेरामा कक्षा ९–१० र कक्षा ११–१२ को छुट्टा छुट्टै कमिटि गठन गरिएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य देवलाल महताले जानकारी दिनुभएको छ । कक्षा ९–१० कमिटि अध्यक्षमा कपिल कुवर रहने गरी १२ सदस्यीय कमिटि गठन गरेको अनेरास्ववियु जिल्ला कमिटि सदस्य महताले बताउनुभयो। कक्षा ११ –१२ को प्रारम्भिक कमिटिको अध्यक्षमा युनिका कुवर रहने गरी ३० सदस्यीय कमिटि गठन गरेको उहाँले बताउनुभयो।
त्यस्तै व्यास गाउँपालिका वडानम्बर ५ मा रहेको दुर्गास्थान माध्यमिक विद्यालय स्याकुमा पनि अनेरास्ववियु दार्चुलाले कमिटि गठन गरेको छ । अध्यक्षमा कपिन्द्र धामी रहने गरि २० सदस्यीय कमिटि गठन गरेको अनेरास्ववियु दार्चुलाले जनाएको छ ।
यस्तै जिल्लाको अपिहिमाल गाउँपालिकामा रहेको खण्डेश्वरी माध्यमिक विद्यालय क्षेतीमा पनि अनेरास्ववियु दार्चुलाले कमिटि गठन गरेको छ । अनेरास्ववियु दार्चुलाका विद्यार्थी नेता कृष्णसिह धामीको अध्यक्षतामा भएको भेलाले शुभदरा जोशी अध्यक्ष रहने गरी १ सय २० सदस्यीय कमिटि गठन गरेको अनेरास्ववियु दार्चुला जिल्ला कमिटि सचिवालय सदस्य सन्तोषसिह ठगुन्नाले जानकारी दिनुभयो ।