पार्टीहित विपरीत कार्य गरेको भन्दै कांग्रेस पूर्वआमन्त्रित सदस्य धामीलाई कार्वाही गर्न सिफारिस

दार्चुला –नेपाली कांग्रेस जिल्ला कार्य समितीका पूर्व आमन्त्रित सदस्य मदन सिह धामीले पार्टीहित विपरीत कार्य गरेको भन्दै पार्टिबाट निष्कासन गर्न सिफारिस गरिएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ बस्ने धामीले बिगत ४/ ५ महिनादेखि पार्टीलाई अहित हुने खालका कार्य गरेकाले निजलाई पार्टी विधान बमोजिम कार्वाही गर्न जिल्ला कार्य समितीलाई सिफारिस गरिएको हो । वडा कार्य समितिको यहि फागुन १६ गतेको बैठकले धामीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय बमोजिम उनलाई कार्वाही प्रक्रिया अगाडि बढाइएको सभापती राजेन्द्र सिह धामीले जानकारी दिए । वडा सभापती राजेन्द्र सिह धामी र सचिव किसन सिह धामीद्वारा हस्ताक्षरित पत्रमा धामी पार्टीका विभिन्न कार्यक्रम तथा अधिवेशनमा नआउने तथा हित बिपरितका कार्यमा संलग्न भएको उल्लेख गरिएको छ ।

 

 

 

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.