ब्याँस गाउँपालिकामा बुधबार देखि विद्यालय सञ्चालन हुने

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिकाले बुधबार बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

गाउँकार्यपालिकाको आज बसेको बैठकले भदौ ३० गते बुधबारबाट गाउँपालिकाका विद्यालय सञ्चालन गर्ने निणर्य गरेको हो ।

कोरोना संक्रमण बढ्दै गए पछि गत चैत बाट बन्द रहेका विद्यालय सञ्चालन गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले स्थानीय तहलाई जिम्मेवारी दिए संगै दार्चुलाका अधिकांस स्थानीय तहमा यस अघि नै विद्यालय सञ्चालनमा आइसकेका छन ।

ब्याँस गाउँपालिकाले पनि स्मार्ट लकडाउनको पालना गरि बुधबारबाट विद्यालय सञ्चालन गर्ने निणर्य गरेको हो ।

यस अघि जिल्लाका मालिकार्जुन गाउँपालिका, शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकामा विद्यालय सञ्चालन भइसकेका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.