भगवती माबि ठिङमा नेपाल विद्यार्थी संघको एकाई समिती गठन

दार्चुला – नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितीको निर्देशन तथा निर्वाचन प्रदेश क्षेत्र नम्बर क का संयोजक एकेन्द्र सिंह धामीको नेतृत्वमा संगठन बिस्तार कार्यक्रमम सन्चालन गरिएको छ । मग्लबार मालीकार्जुन गाउँपालीका वडा नम्बर २ मा रहेको भगवती माध्यमिक विद्यालय ठिङमा नेपाल विद्यार्थी संघले समिती गठन गरेको निर्वाचन प्रदेश क्षेत्र नम्बर क का संयोजक एकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

निर्वाचन प्रदेश क्षेत्र नम्बर क का संयोजक एकेन्द्र सिंह धामीको अध्यक्षतामा कार्यक्रम सम्पन भएको हो । उक्त कार्यक्रममा नेपाली काँग्रेश मालीकार्जुन गाउँपालीका वडा नम्बर २ का सभापती भान सिंह धामी प्रमुख अथिती रहनु भएका थिए । कार्यक्रममा नेपाल विद्यार्थी संघ मालीकार्जुन गाउँपालीकाका संयोजक धर्मेन्द जोशि सह संयोजक करिस्मा चन्द नेपाल विद्यार्थी संघ मालीकार्जुन माध्यमिक विद्यालयका पदाधिकारी लगायात विद्यार्थीहरुको उपस्थितीमा एकाई कमिटी गठन गरेको संयोजक धामीले बताउनु भयो ।

अध्यक्षमा दुर्गा बिष्ट , उपाध्यक्षमा हरिश धामी र रविना धामी , सचिवमा रेग्मी धामी , सह सचिवमा , मन्जु धामी , कोषाध्यक्षमा विशाल धामी रहने गरी २९ सदस्ययीय एकाई समिती गठन गरेको धामीले बताउनुभयो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.