शंकरपुर मावि पस्तीमा नेवि संघ एकाइ समिती गठन

दार्चुला – नेपाल विद्यार्थी संघ दार्चुला जील्ला कार्यसमीतीको निर्देशन अनुसार मालिकार्जुन गाउँपालिकाको वडा न ८ शंकरपुर माबी पस्तीमा संयोजक एकेन्द्र सिंह धामीको नेतृत्वमा नेबिसंघ इकाई समिती गठन भएको गरिएको छ।

नेपाल विद्यार्थीसंघ जील्ला सदस्य तथा प्रदेश निर्वाचन क्षेत्र नम्बर क संयोजक एकेन्द्र सिंह धामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस मालिकार्जुन गाउँपालिकाका सभापती किसन सिंह सामन्त रहेका थिए भने बिशिस्ट अतिथिमा नेपाल शिक्षक संघ डोटीका सचिव रुपेन्द्र सिह धामी रहेको संयोजक एकेन्द्र धामीले बताए ।

आज बुधबार सम्पन्न भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ मालिकार्जुन गाउँपालिका संयोजक धर्मेन्द्र जोशी, नेपाल विद्यार्थी संघ मालिकार्जुन गाउपालीका सह सचिव निलम पन्त, नेपाल विद्यार्थी संघ मालिकार्जुन मावि मडका पदाधिकारी एकाई अध्यक्ष प्रकाश धामी, उपाध्यक्ष रमेश धामी, सहसचिव ववीता धामी रहेका थिए ।

रेखा धामी अध्यक्ष रहने गरि २१ सदस्यीय इकाई समिति गठन गरिएको संयोजक धामीले बताए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.