पासोमा फसेको चितुवाको २४ घण्टापछि उद्धार

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ बाँकुमा बिहीवार बिहान बँदेलका लागि थापेको पासोमा फसेको चितुवालाई २४ घण्टापछि उद्धार गरिएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिकहरुको टोलीले चितुवाको उद्धार गरेको हो । चितुवालाई होसमा आएपछि अवस्था हेरेर प्राकृतिक वन क्षेत्रमा छाडिने बताइएको छ।

हिजो दिन र रातभर वन कर्मचारी र प्रहरीले पहरा दिएका थिए । बिहान पुगेको टोलीले डार्ट गरी चितुवालाई लठ्याएर नियन्त्रणमा लिएको दार्चुलाका निमित्त वन डिभिजन प्रमुख परमानन्द कुँवरले बताए ।

Leave A Reply

Your email address will not be published.