जिल्ला अस्पताल दार्चुलामा अझै जडान भएन अक्सिजन प्लान्ट 

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा  ठेकेदारको लापरवाहीले अक्सिजन प्लान्ट अझै स्थापना हुन सकेको छैन् ।

गत असारभित्रै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नको लागि सम्झौता भएपनि अहिलेसम्म ठेकेदारको लापरवाहीले प्लान्ट जडान नभएको हो ।

हेल्थ केयर काठमाण्डौंसंग अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको तीन महिना बितिसक्दा समेत काम शुरु हुन नसकेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

अक्सिजन प्लान्ट स्थापनाका लागि हेल्थ केयरलाई बारम्बार ताकेता गरिरहेको भएपनि अहिले सम्म प्लान्ट स्थापना नभएको बताएको छ।

 

 

Leave A Reply

Your email address will not be published.