राष्ट्रिय सभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित

दार्चुला । राष्ट्रिय सभाको बैठक आउँदो भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।

आज बसेको पहिलो बैठकमा एमालेले अवरोध गरेपछि बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएको थियो । त्यसपछि सुरु भएको बैठकमा पनि एमालेले अवरोध गरेपछि बैठक भदौ ३० गतेसम्म स्थगित गरिएको हो ।

Leave A Reply

Your email address will not be published.