सुदुरपश्चिम घर भएका दीपेन्द्रसिंह ऐरी वरीयताको शीर्ष १० मा

दार्चुला । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अलराउन्डर खेलाडीको वरीयताको शीर्ष १० मा पर्न सफल भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औं स्थानमा छन् ।

घरेलु मैदानमा सम्पन्न त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन् ।दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरले आईसीसीको वरीयतामा हासिल गरेको सबैभन्दा उच्च स्थान हो ।

यसअघि यो उपलब्धि नेपाली टोलीका पूर्व कप्तान पारस खड्काको नाममा थियो । पारसले टी–ट्वान्टी अलराउन्डर वरीयताको २५औं स्थान हासिल गरेका थिए ।यस्तै, टी–ट्वान्टी बलिङ वरीयतामा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । पछिल्लो हप्ता ३७औं स्थानमा रहेका सन्दीप ३८ औं स्थानमा पुगेका हुन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.