सुदूरपश्चिम लोकसेवा आयोगले खोल्यो विज्ञापन

दार्चुला –सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ । स्थायी पदपूर्ति गर्न आयोगले दोस्रोपटक बुधबार कर्मचारीको विज्ञापन खोलेको हो । आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल शिक्षा सेवा, पाँचौ तह प्राविधिक सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले माग गरेअनुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

शिक्षा प्रशासनको प्राविधिक सहायकका लागि खुलातर्फ ७ जना, महिलातर्फ २, आदिवासी जनजाती, मधेसी र दलिततर्फ १÷१ गरी १२ पदमा विज्ञापन गरिएको आयोगले जनाएको छ ।

यसअघि प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो। त्यसमा १६७ पदमा विज्ञापन गरिएको थियो

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.