बैतडीमा सर्पले टोकेर एक जनाको मृत्यु मालिकार्जुन खबर प्रकाशितः २०७९ जेष्ठ १३, शुक्रबार १९:५२ बैतडी – बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। सर्पको टोकाइबाट जिल्लाको सिगास गाउँपालिका–७ पिपल चौताराका ५५ वर्षीय करि दमाइको मृत्यु भएको हो। शुक्रबार बिहान घरमै सुतिरहेका बेला उनलाई सर्पले टोकेको स्थानीयले जानकारी दिनुभयो।