अब ६८ वर्षमै वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब २४ अर्ब रुपैयाँ छुट्याइयो

दार्चुला – सरकारले ज्येष्ठ नागरिक भत्ता ९वृद्ध भत्ता० पाउने उमेर घटाएर ६८ वर्षमा झारेको छ । यसअघि ७० वर्षमा दिँदै आएको भत्ता अब ६८ वर्षमै दिने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो ।

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ताका लागि मात्रै एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लक्षित वर्गका बालबालिका लगायतलाई दिने सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको हो ।

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने बताएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.