महाकालीमा जलमापन यन्त्र जडान गरिँदै, जलस्तरको अवस्था काठमाडौंबाट पनि हेर्न सकिने

दार्चुला – दार्चुलाको महाकाली नदीमा जलमापन यन्त्र जडानको कार्य थालिएको छ । नेपाल–भारतको पश्चिमी सीमा नाका छुट्याउने उक्त नदीमा जलमापन यन्त्र जडानको काम थालिएको हो।

जलमापन यन्त्र जडानको लागि टोली दार्चुला पुगेको छ । महाकालीमा जलमापन यन्त्र जडान भएपछि जलस्तरको अवस्था काठमाडौंबाटै पनि हेर्न सकिने अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागका कार्यालय प्रमुख गोविन्द झाले बताउनुभयो ।

तीनदिन भित्र जलमापन यन्त्र जडान गरिसकिने उनले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.