डोटीमा एक शिक्षक मृत भेटिए

दार्चुला । डोटीमा एक शिक्षक मृत भेटिएका छन्। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउका २० वर्षीय शिक्षक भरत बिक मृत फेला परेका हुन्।

प्रहरीका अनुसार उनी बिहीबार बिहान घर नजिकैको एक पसलमा मृत फेला परेका थिए। अहिले प्रहरी घटनास्थलतर्फ गईरहेको छ। मृतकको कम्मर र खुट्टामा चोट लागेको छ। उनी सातफरी आधारभूत विद्यालयमा कार्यरत थिए।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.