डडेल्धुरामा देवर भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

दार्चुला । डडेल्धुरामा २ जनाको शव फेला परेको छ । जिल्लाको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो । आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

एउटै रुखमा झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक दुवै देवर–भाउजु नाता पर्ने बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Leave A Reply

Your email address will not be published.