अछाममा सर्पले टोक्दा गर्भवतीको मृत्यु

दार्चुला । अछाममा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति मृत्यु भएको हो।

सुतेको अवस्थामा उनलाई सर्पले टोकेको मृतका जेठाजू लालबहादुर शाहीले जानकारी दिनुभयो। सर्पले टोकेपछि उनको गाउँमै झारफुक गराएको र बिहान अस्पताल लग्ने तयारी गरिरहेकै अवस्थामा रामपुराको मृत्यु भएको उहाँले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.