Naya Sadar
Badar

मालिकार्जुन माध्यमिक विद्यालय मडको विव्यस अध्यक्षमा धामी निर्वाचित

Sadar Sano

दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय मड, प्रेमनगर, दार्चुलाको विद्यालय व्यवस्थापन समिती अध्यक्षमा खडक सिंह धामी निर्वाचित हुनुभएको छ ।मालिकार्जुन गाउँपालिकाको शिक्षा एन २०७७ अनुसार आज भएको विद्यालय व्यवस्थापन समिती सदस्यको निर्वाचनबाट धामी अध्यक्ष पदमा चयन हुनुभएको हो ।

गाउँपालिकाको शिक्षा एन अनुसार ४ जना अभिभाकबाट छनोट गर्नुपर्ने व्यवस्था अनुसार २ महिला सदस्य सर्वसम्मत चयन हुनुभएको थियो, भने २ जना सदस्यको लागी ५ जना बिच भएको निर्वाचनमा राजेन्द्र सिंह धामी र खडक सिंह धामी निर्वाचित हुनुभएको थियो ।

Naya Mat patra

त्यस्तै १ जना विद्यालय रहेको वडाको वडा अध्यक्ष वा वडा समितीले चयन गरेको व्यक्ति विद्यालय व्यवस्थापन समितीको सदस्य हुने व्यवस्था रहेको छ, भने २ जना शिक्षा पे्रमी , समाज सेवी, चन्दा दाताहरुमध्ये ४ जना निर्वाचित सदस्यले मनोनयन गर्ने व्यवस्था अनुसार गाउँपालिकाको वडा नम्बर ३ का धिरेन्द्र सिंह धामी र सोबान सिंह धामी मनोनित हुनुभएको छ ।

त्यस्तै पदेन सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक भुवन बहाँदुर डाँगा रहनेछन ।

१ जना शिक्षक प्रतिनिधि छनोट गर्न बाँकि रहेको विद्यालयका लेखा सहायक रमेश सिंह धामीले जानकारी दिनुभएको छ । विद्यालयमा कार्यरत शिक्षकहरुमध्ये १ जना छानेर शिक्षक प्रतिनिधि पठाइने उहाँले बताउनुभयो ।

शिक्षक प्रतिनिधि छनोट पछि मात्रै विद्यालय व्यवस्थापन समितीले पुर्णता पाउने धामीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.