सुदूरपश्चिम सरकारले गर्‍यो मनसुनसम्बन्धी कार्ययोजना लागू

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ लागू गरेको छ। प्रदेशमा बाढी, पहिरो, चट्याङ, डुबानलगायतका विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रदेश सरकारले सो कार्ययोजना लागू गरेको हो। बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको विपत् व्यवस्थापन परिषद्को बैठकले सो कार्ययोजना पारित गरेको हो।

कार्ययोजनामा प्रदेशमा यस वर्षको मनसुनका कारण कुल दुई लाख ६३ हजार ३१५ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ। यस वर्ष कैलाली र कञ्चनपुर जिल्लामा बाढीका कारण कुल दुई लाख तीन हजार ६९५ जनसङ्ख्या तथा अन्य सात जिल्लामा पहिरोका कारण ५९ हजार सात सय २० जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ। कैलाली, कञ्चनपुरको दक्षिणी क्षेत्र तथा बझाङ, बाजुरा र दार्चुला जिल्लाको उत्तरी भेगमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ भने अन्य स्थानमा ३५ देखि ५५ प्रतिशत सम्भावना रहेको पाइन्छ।

Leave A Reply

Your email address will not be published.