नगर शिक्षा समिती एकलौटी रुपमा गठन गरेको भन्दै नेपाल शिक्षक संघको आपत्ती

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले नगर शिक्षक समिती गठन गर्दा एक लौटी रुपमा गठन गरेको भन्दै नेपाल शिक्षक संघ आपत्ती जनाएको छ। नगरपालिकामा क्रियाशिल रहेका अन्य नगर शिक्षक समिती संग सहकार्य र सहभागीता नै नगरि नगरपालिकाले तानाशाही शैलीमा नगर शिक्षक समती गठन गरेको नेपाल शिक्षक संघ शैल्यशिखर नगपालिकाले आरोप लगाएको छ।

नगरपालिकाले शिक्षक समिती गठन गर्दा अन्य शिक्षक संगठनहरुरको अवमुल्यन हुने गरि शिक्षक समिती गठन गरेको नेपाल शिक्षक संघले विज्ञप्तीमा उल्लेख गरेको छ।

नेपाल शिक्षक संघ शैल्यशिखर नगरपालिकाका अध्यक्ष दान सिंह डांगा द्धारा हस्ताक्षरित विज्ञप्तीमा शैक्षिक क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नको साटो नगरपालिकाले एकलौटी रुपमा नगर शिक्षा समिती गठन गरि विभिन्न चलखेल गरिरहेको आरोप लगाइएको छ। नगरपालिकाले गठन गरेको शिक्षा समिती प्रती नेपाल शिक्षक संघले आपत्ती जनाएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.