बलात्कार आरोप लागेका क्याम्पस प्रमुख नेगी विरुद्ध मुद्दा दर्ता

दार्चुला । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी विरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएको छ। कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगी विरुद्ध बुधबार इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्तीकरणी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बतानुभयो।

पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको छ। पीडित महिलाको बुधबार नै स्वास्थ्य परीक्षण गरिएको छ। यहीँ असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो।

Leave A Reply

Your email address will not be published.