रुख बाट खसेका साउँदको उपचारको लागि आर्थिक सहयोगको अपिल

दार्चुला –  लेकम गाउँपालीका १ सर्माेली बिथ्तड बस्ने धन सिंह साउँदका १२ बर्षीय छोरा बिपीन साउँदको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन ।

बडीपुर माध्यमिक बिधालय कक्षा ६मा अध्यन्न गर्ने साउद साउन २ गते रुखबाट खस्दा हात खुट्टा र अन्य शरीरका भागमा गहिरो चोट लागेको आफ्न्त चन्द्र सिंह साउँदले बताउनुभयो ।

गरिब घरपरिवारमा जन्मेका बिपीन साउदको घरपरिवार दैनिक छाक टार्न समेत समस्या छ । रुख बाट खसेर शरीरका बिभिन्न अगं र टाउँकोमा गहिरो चोट लागेकोले आर्थिक अभावले अस्पतालमा छटिपटिरहेको उहाँका वुवा धन सिह साउदले बताउनुभयो ।

आर्थिक अवस्था एकदम नाजुक छ छोरा उपचारका लागी अस्पतालमा छ तर पैसा छैन नविन लाइ बचाउनको लागी सबैबाट स्वच्छिक आर्थिक सहयोग मागिरहेको साउदले बताउनभयो ।

देश, बिदेश बाट सहयोग गर्ने मनहरुले ग्लोबल आइमी वैँक महेन्द्रनगर शाखामा  महादेव साउदको नाममा रहेको खाता नं.४३०७०१००३७२५३ र उहाकै ई सेवा न .९८४८८५८४२१ र भारतका लागी पन्जाव नेशनल वैँकमा नवराज खत्रीको नाममा रहेको खाता न.५९५५३३३१०००२१३७२ मा जम्मा गरिदिन हुन अपिल समेत गरेका छन् । बुवा धन सिह साउद लाइ ९८४८६९४४४२ मोबाइल नम्बरमा प्रत्यक्ष सम्पर्क पनी गर्न सकीन्छ । बिपीनको अहिले धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको आफन्तले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.