Naya Sadar
Badar

बदेलले मकैबाली खाएपछि लेकमका किसान चिन्तित

Sadar Sano

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका ३ मा बदेलले कृषकले लगाएको मकै बाली नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका छन् । लेकम ३ लाली, मकन्ना लगायतका विभिन्न स्थानमा लगाइएको मकै बाली जंगली जनावर बदेलले नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका हुन् । रातको समयमा बदेलले मकै बाली नष्ट गर्ने गरेको स्थानीय कृषक माधब प्रशाद जोशीले जानकारी दिनुभयो ।

खेती नजिकै जङगल रहेको छ, जसका कारण जंगली जनावरको समेत बिगबिगी रहेको छ । यी ठाउहरुमा अघील्ला वर्षहरुमा पनि बदेलले आतङ्क मच्चाएको थियो । ‘कहिले काहि बदेलले गोरु, बाख्रा र कहिले मान्छेलाई नै आक्रमण गर्ने गर्छ’, अर्का कृषक देब राज जोशीले बतानुभयो । ‘यस वर्ष पनि बदेलले वर्षभरीको खेती स्याहार्ने बेला उत्पात मच्चाएको छ ।

Naya Mat patra

यसरी मकै बाली भित्र्याउने बेलामा बदेलले मकै सखाप पार्न थालेपछि कृषकहरु रातभर जागाराम बस्न बाध्य छन् । केही दिनसम्म युवाहरुको समुह बनाएर रातको समयमा बदेललाई धपाउने र लखट्ने गरेको समेत जोशीले बतानुभयो । तर पनि मकै बालीलाई बचाउन नसकिएको कृषक जोशीको भनाइ छ ।

अर्का कृषक जयदेव जोशीका अनुसार बदेलले मकै, पिडालु, उखु,सबै नष्ट पारेको बतानुभयो । घास,दाउराको लागी जङगल जान र खेतबारीमा जान समेत बदेलको डराउन पर्ने अवस्था रहेको स्थानियहरुले बताएका छन। जङगली बदेल ८ देखी १० ओटाको बथानमा हिडने गरेको जोशीले बतानुभयो । यहाका किसानले आफुहरुको समस्या समाधानका लागी वडा,पालीका,र जिल्ला प्रशासन कार्यलयले समयमै नियन्त्रणको लागी पहल गरीदिन आग्रह गरेका छन ।

Leave A Reply

Your email address will not be published.