दार्चुलामा ई-पासपोर्ट सेवा अवरुद्ध

दार्चुला – दार्चुलामा विद्युतीय राहदानी ई-पासपोर्ट सेवा अवरुद्ध भएको छ। गत जेठ १६ गतेदेखि सञ्चालनमा आएको विद्युतीय राहदानी सेवा नेटवर्क डाउन हुँदा रोकिएको हो।

विद्युतीय राहदानी सञ्चालनका लागि राहदानी विभागबाट सुविसु नेटवर्क कम्पनीमार्फत नेटवर्क जडान भएको थियो। उक्त नेटवर्कमा प्राविधिक समस्या आएपछि साउन ४ गतेदेखि सेवा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। अर्को सूचना नआएसम्मका लागि ई-पासपोर्ट सेवा स्थगित गरिएको प्रशासन कार्यालयले सूचानमार्फत जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.