बझाङमा टेलिकमका टावरमा विद्युत् नहुँदा, ‘फोर जी’ सेवा प्रभावित

दार्चुला – बझाङमा नेपाल टेलिकमका टावरहरुमा विद्युत् नहुँदा नागरिकलाई समस्या भएको छ। बझाङमा टेलिकमका २१ वटा टावर छन्। जसमध्ये १७ वटा टावरमा उच्च गतिको इन्टरनेट फोर जी सेवा जडान गरिएको छ। तर, टावरमा नेटवर्क सुचारु गर्न पावर अर्थात् विद्युत् छैन।

प्रयाप्त विद्युत् नहुँदा जनताले फोर जी सेवा प्रभावित भएको बताएका छन्। स्थानीयका अनुसार हिउँद र बर्खामा फोनको नेटवर्कसमेत नियमित हुँदैन। जिल्लाभर १६ ओटा टावर सोलारको भरमा चल्छन्। यी टावरहरूमा विजुली पुगेको छैन। जिल्लाका विभिन्न उच्च स्थानमा राखिएका यी टावर सञ्चालनका लागि सोलार जडान गरिएका छन्।

यस्तै यहाँका स्थानीयले हिमाली जिल्लामा हिउँदमा निरन्तर हिमपात हुने भएकाले घाम नलाग्दा सोलारको व्याट्रि चार्ज हुन नपाउने र नेटवर्क नआउने गरेको बताए। जतिसम्म ब्याट्रीले धान्छ त्यतिबेलासम्म मोबाइलमा नेटवर्क हुन्छ। ब्याट्री सकिएपछि नेटवर्क जाने गरेको बझाङबासीको भनाइ छ।

health
Leave A Reply

Your email address will not be published.