सुदूरपश्चिमको वर्षा अपडेट , आगामी तीन दिनको मौसम कस्तो रहला ?

दार्चुला – सुदूरपश्चिममा हल्का देखि मध्यम वर्षा भइरहेको छ। धनगढीसहित कैलालीका विभिन्न स्थान र कञ्चनपुर, बैतडी, बझाङ, बाजुरालगायतका जिल्लामा वर्षा भइरहेको हो।

बिहीबार रातिदेखि नै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। शुक्रबार सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको मौसम पूवौनुमान महाशाखाले जनाएको छ। प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। आज देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिमसहित गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान र प्रदेश १ का एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज देशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले जारी गरेको बुलेटिन अनुसार शनिबार भोलि देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave A Reply

Your email address will not be published.