प्रधानमन्त्री देउवाविरुद्ध चुनाव लड्दै ‘मम्याल बाजे’

दार्चुला । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध कर्णसिंह रावल ‘मम्याल बाजे’ले उम्मेद्वारी दिने घोषणा गरेका छन्। प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वारी दिने घोषणा गर्दै उनले मंसिर ४ गते देउवाविरुद्ध चुनाव लड्न तयारीमा जुटेको बताए।

‘मम्याल बाजे’का नामले परिचित करिब ८० वर्षीय कर्णसिंह रावल विगतका ४ निर्वाचनमा पनि देउवाविरुद्ध उम्मेदवार बनेका थिए। तर, उनले पराजय मात्रै भोगे। यसपालिको चुनावमा भने आफूले जित्ने उनको दाबी छ। यस्तै उनले आफ्नो घोषणापत्र पनि सार्वजनिक गरेका छन्।

उनले चुनावी घोषणा पत्रमा पश्चिम सेती परियोजना ५ वर्षमै सम्पन्न गर्ने, प्रदेश राजधानी जसरी भए पनि डडेल्धुरा ल्याइ छाड्ने र डडेल्धुरामा मेडिकल कलेज खोल्ने जनाएका छन्। यस्तै अहिलेसम्म कसैले नसकेको काम गर्ने उनको दाबी छ।

health
Leave A Reply

Your email address will not be published.