धनगढीमा रावलको कार्यकर्ता भेला, भट्ट कञ्चनपुरमा व्यस्त

दार्चुला । एमाले सुदूरपश्चिमको इन्चार्जको विषयमा उपाध्यक्ष भीमबहादुर रावल र नेता लेखराज भट्टबीच विवाद चलिरहेको छ। दुबै नेता अहिले गृह प्रदेश सुदूरपश्चिममा छन्।

 

भीम रावल आज मध्यान्न धनगढी पुगेका हुन् भने सोमबारदेखि कैलालीमा रहेका भट्ट आज कञ्चनपुर मा हुनुहुन्छ। एमाले उपाध्यक्ष रावलले अहिले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गरिरहनुभएको छ ।

 

उहाँले १० बुँदे कार्यान्वयनबाट कसैले पनि पन्छिन नहुने बताउँदै नेकपा एमाले एकतावद्ध भएर अगाडि बढ्ने दाबी गरे। ‘१० बुँदे कार्यान्वयन गर्नु सबै नेता–कार्यकर्ताको कर्तव्य भएको बताउनुभएको छ।

 

उता पूर्वमन्त्री तथा एमाले नेता भट्ट भने सुख्खा बन्दरगाहको अनुगमनका लागि कञ्चनपुरको दोधाराचाँदनी पुगेको बताउनुभएको छ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज घोषणा गरेपछि भट्ट पार्टीलाई गतिशिल बनाउने भन्दै सुदूरपश्चिम आएका हुन्। कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधीसंग भेट गरिसकेका छन्।

 

भोलि कैलालीको गेटामा निर्माणधिन मेडिकल कलेजको बारेमा हुने छलफलमा भट्ट उपस्थित हुने कार्यक्रम छ। रावल र भट्टबीच भेटवार्ता हुने कुनै कार्यक्रम भने तय नभएको एमाले नेताहरुले बताएका छन्।

Leave A Reply

Your email address will not be published.