गोकुलेश्वरबाट देहीमाण्डौं जादै गरेको अटो दुर्घटना हुँदा चालक सहित ७ जना घाईते

दार्चुला –बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रा हेर्नका लागि आउँदै गरेका मानिस सवार अटो दुर्घटना भएको छ।   बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना   भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। घाईते हुनेहरुमा ५०वर्षीय वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया सङ्गीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र नौ वर्षीय जनक थलाल उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रहरी निरीक्षक लोकराज जोशीले  जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.