Naya Sadar
Badar

देशभर ठूलो वर्षाः सतर्कता अपनाउन आग्रह

Sadar Sano
Naya Mat patra

दार्चुला –बिहीबार राति देखि देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।अहिले (शुक्रबार बिहान) दार्चुला,बैतडी,डडेल्धुरा,कैलाली,कञ्चनपुर,चितवन, रूपन्देही, कपिलवस्तु, पाल्पा र आसपास केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो वर्षा भएकोले रिउखोला, तिनाउ, बाँणगंगा, मोहना खुट्टीया, स्याउली, चौधर, रंधुनलगायत साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रमा बाढी आउन सक्ने भएकाले बिहान ८ बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ । आज  दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको छ । यसैबीच, अहिले मुग्लिन(नारायणगढ सडकखण्डमा सामान्य रुपमा गाडी चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीले यात्रामा निस्कनुअघि सडक र मौसमको अवस्था बारे जानकारी लिन आग्रह गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.