शैल्यशिखरमा  अरिंगालले चिल्दा बालकको मृत्यु

दार्चुला-दार्चुलाकाे  शैल्यशिखर नगरपालिका ६ ग्वानिमा अरिंगालले चिल्दा बालकको मृत्यु भएको छ।  आमासँगै मेला गएका स्थानीय ६ वर्षीय प्रशान्तसिंह धामीलाई अरिंगालले चिल्दा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक राजेश साहिले बताए।आइतबार दिउँसोतिर आमासँगै खर फागला गएका प्रशान्तलाई घर फर्कने बेला अरिंगालले चिलेका थिए। अरिंगालले चिलेपछि उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको भए पनि उपचारको क्रममै रातिको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.