Naya Sadar
Badar

४४ नम्बर गण दार्चुलामा एसपी विष्टको काज

Sadar Sano

दार्चुला : सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा सशस्त्र प्रहरी उपरीक्षक डम्बर बहादुर विष्टको काज सरुवा गरिएको छ । सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ता बाँकेमा कार्यरत एसपी विष्टलाई दार्चुला काज सरुवा गरिएको हो ।

Naya Mat patra

एसपी त्रिभुवन विष्ट नम्बर ४४ गणमै कार्यरत एक जना हवल्दारलाई हातहतियार र गोलीगठ्ठाको सूची अनधिकृत व्यक्तिलाई उपलब्ध गराएको मुद्धा लगाएका कारण हलचोकस्थित हेडक्वाटर तानिएका थिए । असोज ३१ गतेको निर्णयअनुसार आवश्यकताको आधारमा विष्टको दार्चुला काज सरुवा गरिएको एपीएफले जनाएको छ ।

यसैबीच काज सरुवा भएर आएका विष्टले बिहीवार निर्वाचन सुरक्षा बेसअन्तर्गत चमेलिया बेस अनुगमन निरीक्षण गरेका छन् । केन्द्रीय निर्वाचन सुरक्षा नीति अनुसार निर्वाचनमा खटिएर भयरहित ढंगबाट निर्वाचन सम्पन्न गर्न तयारी अवस्थामा रहन उहाँले सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ ।
बलाचका एसपी विकास थापाले बेसमा रहेका समस्या र बेसले निर्वाचन सुरक्षाका लागि गरिरहेको तयारीका बारेमा एसपी विष्टलाई जानकारी गराएका थिए । विष्ट गणमा आजै हाजिर भएका छन् । विष्टले वि. सं. २०७६ सालमा ५० नम्बर गुल्म खलंगाको गुल्मपति बसी कमाण्ड सम्हालेका थिए । यस्तै उहाँकै कार्यकालमा छाङ्गरु, दुम्लिङ, जोलजिवि र लालीमा बिओपी स्थापना भएका थिए ।

 

Leave A Reply

Your email address will not be published.