दार्चुलाको मालिकार्जुन धाममा भोली रात्रीकालिन बिसाल जात्रा लाग्दै

दार्चुला – दार्चुलाको मालिकार्जुन धाममा भोली रात्रीकालिन बिसाल जात्रा लाग्दै छ । मालिकार्जुन मन्दिरमा आईतबार आज पूजन जात्रा लागेको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका तिथि र कात्तिक शुक्ल त्रयोदशी तिथीमा गरि बर्षमा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ।

बर्षमा एकपटक लाग्ने रात्रीकालिन बिसाल जात्रा भोली २१ गते कार्तिक शुक्लचतुर्दशीका दिन लाग्ने मालिकार्जुन बिकास समितिले बताएको छ । जात्रामा बिभिन्न ठाउबाट दमाहा र बाजाहरु सहित हजारौ मान्छेहरुको घुईचो लाग्ने गर्दछ ।

मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा बझाङ कैलाली ,कंचनपुर लगायतका जिल्ला र भारतको उत्तराखण्ड धार्चुला डिडिहाट मुन्स्यारी,पिपली, अस्कोट चम्पावत, र पिथौराग बाटसमेत श्रद्धालु भक्तजन आउने गर्छन् ।

शिखर पुजन जात्रा र रात्रीकालीन बिसाल मेलालाई दार्चुला क्षेत्रको सबैभन्दा ठूलो मेलाको रुपमा लिने गरिन्छ ।

यस्तै मेलालाई शान्तपूर्ण रुपमा सञ्चालन गर्नका लागि मेलास्थललाई मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषण गरिएको छ । कसैले मदिराको कारोबार र सेवन तथा जुवातास खेले अथवा खेलाएको पाइएमा कानुन अनुसार कारवाही हुने मालिकार्जुन गाउपालिका वडा नम्बर ३ ले बताइएको छ ।

health
Leave A Reply

Your email address will not be published.