भायानेटले किफायती मूल्यमा सुपरस्पीड इन्टरनेट प्रदान गर्ने

दार्चुला-इन्टरनेट सेवा प्रदायक भायानेटले किफायती मूल्यमा सुपरस्पीड इन्टरनेट प्रदान गर्न भायानेट स्पीडी अफर ल्याएको छ।

यो अफरअन्तर्गत आफ्ना ग्राहकले १०० एमबीपीएससम्म स्पीड रहने इन्टरनेट प्राप्त गर्नसक्ने भायानेट कम्पनीले जानकारी दिएको छ।

स्पिडी अफरअन्तर्गत पहिलेकै मूल्यमा नयाँ सेवा लिने तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरूले पहिले ३० एमबीपीएस लिँदा तिरेको मूल्यमा अब ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको दरमा १०० एमबीपीएस पाउन सक्छन्‌।

भायानेट नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुसन प्रदायक हो। ग्राहकलाई सेवा र अफरहरू प्रदान गर्ने कुरामा सधैँ अगाडि रहेको भायानेटले दाबी गर्ने गरेको छ।

Leave A Reply

Your email address will not be published.